११ असार २०८३, बिहिबार | June 25, 2026

प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार



तानसेन । जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो ।

राणाले तत्कालीन समयमा तानसेनका घरघरमा खानेपानीको धारा भए पनि बाटो हिँड्ने बटुवा, विद्यार्थी तथा सर्वसाधारणको सहजताका लागि सार्वजनिक धारा निर्माण गरेका थिए । लामो समयसम्म उक्त धारा जीर्ण हुँदा प्रयोगमा आउन सकेको थिएन । अहिले त्यसको जीर्णोद्धार गरी सञ्चालनमा ल्याइएको छ ।

वडा कार्यालयको रु एक लाख लागतमा धाराको जीर्णोद्धार गरिएको हो । राणाले बाझाबाट तानसेनमा पानी ल्याएर टोलटोलमा धारा वितरण गरी तानसेनवासीलाई पानी खुवाएका स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

लण्डनबाट प्राविधिक झिकाई खानेपानीका धाराहरू निर्माण गरिएको उक्त धारालाई लण्डनधाराको नाम राखिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिबाट उपलब्ध गराइएको धाराको पानीलाई फिल्टरमार्फत परम्परागत धारामा पठाउने प्रविधि जडान गरी सञ्चालनमा ल्याइएको वडास्तरीय उपभोक्ता समितिकी अध्यक्ष अनुराधा बज्राचार्यले बताइन् । धारा निर्माण भएसँगै बाटो हिँड्ने सर्वसाधारण, पर्यटकलगायतलाई पानी पिउन सहज भएको उनले बताइन् ।

नवनिर्मित धाराको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । उनले तानसेनमा रहेका ऐतिहासिक धाराहरूको संरक्षणमा स्थानीय सरकारले प्राथमिकतामा राखी जीर्णोद्धार गरिरहेको बताए । उनले भने, “अन्य वडामा पनि भएका यस्ता धाराको पहिचान गरी आवश्यकताअनुसार जीर्णोद्धार गर्नेर्छौँ ।” ऐतिहासिक संरचनाहरू नगरका गहना भएकाले ती संरचनाको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले काम गर्दै आएको उनको भनाइ छ ।

जनरल प्रतापशमशेरले जिल्लाका विभिन्न ठाउँमा पाटी, पौवा, धारा, दरबार, चौतारालगायत संरचना निर्माण गरेका छन् । कतिपय संरचना जीर्ण भएर भत्किएका छन् भने केहीको जीर्णोद्धार गरिएका छन् ।

हाल सङ्ग्रहालय रहेको पाल्पा दरबारको निर्माण राणाले गरेका थिए । दरबार निर्माणकर्ताको सम्झनामा सर्वसाधारण तथा पर्यटकको जानकारीका लागि अहिले प्रदेश सरकारले राणाको सालिक निर्माण गरेको छ ।

यहाँ रहेका अन्य संरचनाको समेत खोजी गरी संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा इतिहासका जानकार राजेन्द्रगोपाल सिंहले जोड दिए । उनले भने, “तानसेनमा तत्कालीन सानुराजा प्रताप शमशेरले निर्माण गरेका थुप्रै संरचनाहरू छन्, तिनीहरूको खोजी तथा अनुसन्धान हुन सकिरहेको छैन । त्यस्ता संरचनाको खोजी हुन आवश्यक भएकाले स्थानीय सरकारले चासो देखाउनुपर्छ ।”

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ९ : ४६ बजे

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका