२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर



वाशिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार भएका छन् । ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गराएको परीक्षणमा यो रोग देखा परेको हो । उनको क्यान्सरमा हार्मोन बढी सेन्सेटिभ भएका कारण उपचार सम्भव भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचार थाहा पाएपछि सामाजिक सञ्जालमा बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

डेमोक्र्याट पार्टीको तर्फबाट दोस्रो कार्यकालका लागि राष्ट्रपति उम्मेदवार भएका बाइडेन गत जुनमा टेलिभिजन बहसमा विपक्षी ट्रम्पको तुलनामा कमजोर देखिएपछि दौड त्यागेका थिए । प्रोस्टेट क्यान्सर पुरुषमा छालाको क्यान्सर पछिको सामान्य हो ।

अमेरिकाको युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)का अनुसार प्रत्येक १०० मध्यका १३ जनालाई जीवनको कुनै मोडमा प्रोस्टेस क्यान्सर हुनसक्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय