१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन



काठमाडौंं । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताएका छन । आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर चलचित्र तयार गरेको जानकारी दिए ।

“सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपी यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, उनले भने ।

विदेश र काठमाडौंबाट गाउँ फर्किएका युवा र गाउँमै रहेका युवाको सोचलाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक गरिएको श्रव्यदृश्यमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उनले बताए ।

चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन । ट्रेलरमा देखाइएझैँ, सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नु परेको अभिनेत्री भुसालले बताइन ।

“म आफैँ सहकारी पीडित हुँ, मैले यसका विरुद्धमा आवाज उठाएँ, आन्दोलन गरे तर न्याय अझैँ पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज बनेको छ । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु”, अभिनेत्री भुसालले भनिन ।

पत्रकार सम्मेलनमा सहभागी कलाकारले सहकारीसँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए । विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ३५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले