२ श्रावण २०८३, शनिबार | July 18, 2026

आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ७ : १९ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ