२ श्रावण २०८३, शनिबार | July 18, 2026

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर



नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढ तर्फ जाँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी माइक्रो बसका चालक रुपन्देहीको देवदह नगरपालिका–२ का ४२ वर्षीय बिनोद सिंह ठाकुर, माइक्रोका सहचालक २९ बर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका–१६ का २१ बर्षीया अनिता नेपाली, ३६ बर्षीया बिष्णु नेपाली र रुपन्देही बुटवल उपमहानगरपालिका–५ का २२ बर्षीया बर्षात सुबेदी गम्भीर घाइते भएका प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

त्यस्तै अन्य घाइतेहरुमा रुपन्देही १३ का ३० वर्यीष जमुना लामा, भरतपुर-१६ का समर्थ नेपाली र होम बहादुर रुचाल र भरतपुर-१९ का अनुप नेपाली रहेका छन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ५ : २१ बजे

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी

बुटवल कोरा २०२६ : मुक्तिनाथ बाबा साइकलमा सरर… …

बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ