१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै



काठमाडौं । आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

मंगलबार सम्पन्न सुपर थ्रीको अन्तिम खेलमा थायल्यान्डसँग पराजित भएपछि नेपाल उपविजेताका रूपमा ग्लोबल छनोटमा पुगेको थियो । यसअघि नेपालले युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो ।

नेपाल पहिलो पटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

ग्लोबल क्वालिफायर्सका शीर्ष चार टोलीहरू इङ्गल्याण्ड र वेल्समा सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी-२० आई विश्वकपमा स्थान बनाउने छ । ग्लोबल छनोटमा कुल १० राष्ट्रबीच विश्वकप प्रवेशको लागि प्रतिस्पर्धा हुनेछ ।

विश्वकपमा आयोजक टोली इङ्गल्याण्डसहित अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र श्रीलंका सिधै छनोट भइसकेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : १५ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति