२८ मंसिर २०८२, आइतबार | December 15, 2025

विकास-निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा : प्रकाशशरण महत



दमौली । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघिबढ्ने बताए ।

पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उनले त्यसो भनेका हुन् ।

प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए। कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनले बताए।

एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको स्पष्ट गरे ।

निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ११ : १७ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर