६ बैशाख २०८३, आइतबार | April 19, 2026

विकास-निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा : प्रकाशशरण महत



दमौली । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् ।

नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढङ्गले अघिबढ्ने बताए ।

पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बजेट छर्ने प्रवृत्तप्रति लक्ष्य गर्दै उनले त्यसो भनेका हुन् ।

प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए। कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनले बताए।

एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको स्पष्ट गरे ।

निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ११ : १७ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको