७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘कांग्रेस कसैको पनि सेवा सुविधा बढाउने पक्षमा छैन’



पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा पार्टी नरहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ को आज पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय सदस्य महतले पूर्वपदाधिकारीको सेवा सुविधा बढाउने लागेको भन्दै सरकार र कांग्रेसको आलोचना भइरहेकाले यस्ता कुराका पछि नलाग्न आग्रह गरे । आर्थिक रुपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै उनले युवाका लागि देशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए । विभागका प्रमुख मीन विश्वकर्माले कांग्रेसले देशका सबै तहमा बहुमत नेतृत्व गरिरहेका अवस्थामा पनि निराशका कुरा बढी हुनु राम्रो नभएको बताए । उनले पार्टी नेतृत्वमा भएका कामको प्रचारमा जुट्न र पार्टीभित्रै एकले अर्कालाई आलोचना गर्ने प्रवृत्ति हटाउन आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीमा आन्तरिक अनुशासन हराउँदै गएको भन्दै अनुशासन कायम गराउनका लागि आचारसंहिता लागू गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टी केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको इतिहासलाई कायम राख्न र संविधान निर्माणका सन्दर्भमा व्यक्त अभिमतलाई आत्मसात् गरिनुपर्ने बताए ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यतालाई आत्मसात् गर्न नसक्दा पार्टीलाई कमजोर बनाउनेतर्फ गम्भीर बन्न आग्रह गरे । कार्यक्रममा कांग्रेसको इतिहास र पार्टी नेतृत्वमा भए गरेका तथ्यगत विवरण सम्बन्धमा डा जगत नेपाल र हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, आङ्गेलु शेर्पा, गुुरु बराल, सीता देवकोटा, सरस्वती अर्याल, कास्की जिल्ला सभापति किशोरदत्त बराल, तनहुँ जिल्ला सभापति जितप्रकाश आले, केन्द्रीय प्रचार विभागका सदस्य एवं कार्यक्रम संयोजक गङ्गाधर पराजुलीलगायतले युवाको विदेश पलायन रोक्ने र यही अवसर सिर्जना गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १० : ३९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज