४ पुस २०८२, शुक्रबार | December 19, 2025

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने



कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरा फुटबल मैदानको मर्मत सम्भार र क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिने बताए ।

“चालू आर्थिक वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ । पोखरालाई खेलकुदको हब बनाउन पहिलेभन्दा बढी विनियोजन हुन्छ”, मन्त्री चौधरीले भने ।

पोखरा रङ्गशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा ‘स्पोर्टस् हब’ बन्न सक्ने उनको भनाइ छ । “खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ”, उनले भने ।

मन्त्री चौधरीले खेलाडी तथा युवाहरुलाई विदेशपलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए । खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यस क्षेत्रमा परिर्वतन ल्याइने उनले बताए ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ८ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको