३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पोखरालाई ‘खेलकुद हब’ बनाउने गरी बजेट व्यवस्था गरिने



कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउने गरी आवश्यक पूर्वाधार निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरा फुटबल मैदानको मर्मत सम्भार र क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिने बताए ।

“चालू आर्थिक वर्षमा पोखरामा खेलकुद पूर्वाधारका बजेट भएन, त्यसैले काम गर्न सकेनौँ । पोखरालाई खेलकुदको हब बनाउन पहिलेभन्दा बढी विनियोजन हुन्छ”, मन्त्री चौधरीले भने ।

पोखरा रङ्गशालामा धेरै खेलकुदका पूर्वाधार एकै ठाउँमा रहेकाले पोखरा ‘स्पोर्टस् हब’ बन्न सक्ने उनको भनाइ छ । “खेलकुद मन्त्रालयले पोखरालाई पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको छ”, उनले भने ।

मन्त्री चौधरीले खेलाडी तथा युवाहरुलाई विदेशपलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन लागेको जानकारी दिए । खेलकुद क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत यस क्षेत्रमा परिर्वतन ल्याइने उनले बताए ।

खेलकुदमन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुदका लागि पर्याप्त तयारी गरेर मात्र मिति घोषणा गरिने बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ८ : ५८ बजे

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन