१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु



नेपालगन्ज । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा शाखा नहर निर्माणको काम सुरु गरेको छ । पूर्वी मूल नहरको केही क्षेत्रमा पानी सञ्चालन भइरहेकाले अब किसानको खेतसम्म पु¥याउन शाखा नहर निर्माण सुरु गरिएको आयोजनाका निर्देशक राजु आचार्यले जानकारी
दिए ।

उनका अनुसार राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट पहिलो शाखा नहर निर्माणको काम सुरु गरिएको छ । उक्त शाखा नहरको लम्बाइ चार किलोमिटर रहनेछ भने नहरको एक दशमलव चार किमीबाट प्र–शाखा नहर निर्माण गरिने र शाखामा तीनवटा जति प्र–शाखा नहर रहनेछन् ।

शाखा नहर निर्माणका लागि रु पाँच करोड ७९ लाखमा पिएस निर्माण सेवासँग ठेक्का सम्झौता भई काम अगाडि बढेको आयोजनाका इञ्जिनियिर विनेश श्रेष्ठले जानकारी दिए । शाखा नहरबाट ६७० हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य लिइएको र यसबाट सतह सिँचाइ गर्न नसक्ने क्षेत्रमा पानी पु¥याउन लिफ्ट सिँचाइको वैकल्पिक व्यवस्था गर्न लागिएको उनले बताए । लिफ्ट सिँचाइका लागिसमेत रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको श्रेष्ठले जानकारी दिए ।

पूर्वी मूल नहरमा शाखा नहर निर्माण नहुँदा स्थानीयले यसअघि ‘राजकुलो’ मा सिक्टाको पानी खसालेर सिँचाइ गर्दै आएका थिए । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आयोजनाले किसानको खेतमा पानी पु¥याउनुपर्ने बताए । राप्ती सोनारीको वडा नम्बर १ बाहेक सबै वडामा सिक्टाले छोए पनि सतह सिँचाइ नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था गरिदिनुपर्ने उनको माग छ ।

यस आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको छ । आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजना निर्देशक आचार्यले बताए । हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको र पश्चिमी मूल नहरको ४५ दशमलव २५ किमी निर्माण काम सम्पन्न भइसकेको उनले बताए । पूर्वी मूल नहरको ५३ दशमलव ५० किमीमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ११ : ५६ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको