३ भदौ २०८३, बुधबार | August 19, 2026

नेपालगन्जमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु



नेपालगन्ज । नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शुक्रबार नेपालगन्जका मेयर प्रशान्त बिष्टले पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर बिष्टले नेपालगन्जको खेल क्षेत्रको बिकासमा पालिका सधैं साथमा रहेको बताए। राष्ट्रिय र अन्तरराष्ट्रीय स्तरमा नेपालको शिर उचो पार्ने माध्यम खेल नै भएको जिकीर गर्दै मेयर बिष्टले खेलकुदको बिकासमा गैर सरकारी र निजी क्षेत्रले पनि हातेमालो गर्नु पर्ने स्पष्ट पारे ।

खेलाडी उत्पादन गर्ने प्रमुख थलो बिद्यालय भएकोले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउन आफ्नो पालिकाले प्रयास गरिरहेको उनको भनाई थियो।

समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले खेलकुदमा योगदान दिएका पुर्ब खेलाडीलाई एकीकृत गर्दै खेलक्षेत्रको सम्बर्द्धन र बिकास गर्ने उद्देश्यले गतबर्ष पौषमा पुर्ब खेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए। उनले आगामी दिनमा समाजले आफ्ना कार्यक्रम थप क्रियाशिल बनाउदै लैजाने प्रतिबद्धता समेत जनाए ।

प्रतियोगितामा ब्वाईज अण्डर(१५ ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए। उनले आज बेलुकासम्म क्वार्टर फाईनलका सम्पुर्ण खेलहरु सम्पन्न हुने तथा सेमिफाईनल र फाईनल खेल भोलि हुने बताए।

अण्डर(१६ तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र २५र२५ सय प्राप्त गर्ने छन् मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५र५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिए ।

समाजका उपाध्यक्ष शान्ती सिंहले स्वागत गरेको उद्घाटन समारोहमा सशस्त्र प्रहरी उपरीक्षक दिपक चन्द, क्षेत्रीय खेलकुद बिकास समिती नेपालगन्जका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रथम नेपाली महिला ओलम्पियन पार्बती थापा, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट, अग्रज खेलकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  २ : २३ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको