१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ



कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटव अन्तर्गत नेपालगन्ज सम्पर्क कार्यालयले पक्राउ गरेको छ ।

आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले खरिदार पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुसररिसवत लिई तिवारी रेष्टुरेण्टका संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (विचौलिया) शान्ती पुन र होटल संचालक घनश्याम तिवारीलाई पक्राग गरिएको अख्तियारले जनाएको छ ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली कोहलपुर पुगेको थियो ।

उनीहरूलाई कोहलपुर नगरपालिका-११ तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। यसबारे आरोपीसँग अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ७ : १७ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले