१३ असार २०८३, शनिबार | June 27, 2026

मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री वितरण



नेपालगन्ज । कृषि ज्ञान केन्द्र बाँकेले मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री तथा बीउबीजन वितरण गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ गाउँपालिका–५ का ३२ घर मुक्तकमैयालाई स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण वितरण भएको हो ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि प्रदेश सरकारले सो कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै एउटा परिवारका लागि रु १२ हजार बराबरको कृषि उपकरणसहित बीउबीजन वितरण भएको बताए ।

प्रदेश सरकरको उद्देश्य पनि सीमान्तकृत समुदायका घरपरिवारलाई छनोट गरेर आयआर्जन बढाउन सहयोग गर्ने भएको उल्लेख गर्दै उनले कृषि उपकरण र बीउबीजन निःशुल्क वितरण गरिएको बताए ।

“हामीले कृषि प्राविधिक भेटघाट कार्यक्रममा सरकारी सेवामा पहुँच नभएका व्यक्तिसँग छलफल गरेर उहाँहरुको मागअनुसार कृषि उपकरण र बीउबीजन वितरण गरिएको हो”, प्रमुख घिमिरेले भने । उनले जिल्लाका विभिन्न स्थानमा स्थलगत रुपमा कृषि प्राविधिक भेटघाटले किसान उत्साहित भएको जानकारी दिँदै गाउँगाउँमा जाँदा सरकराको पहुँच नपुगेको क्षेत्र छनोट गरेर विपन्न समुदायलाई कृषि सामग्री र बीउबिजन वितरण गरिएको बताए ।

यस वर्ष ५० घर विपन्न परिवार यस कार्यक्रमबाट लाभान्वित हुने छन् । यसअघि ज्ञान केन्द्रले डुडुवा गाउँपालिका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विपन्न किसानलाई पनि वितरण गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ९ : ०५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट