४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकतर्फी खुल्यो पूर्वपश्चिम राजमार्ग



बुटवल । शुक्रवार राती ११ बजेदेखि अवरुद्ध दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि अवरुद्ध बनेको सडक भर्खर एकतर्फी संचालनमा आएको हो ।

खुर्सानी खोलामा आएको बाढीले सडक भत्काए पछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । राती हल्का वर्षाका कारण मरमत हुन नसकेको सो सडक खण्डमा बिहान करिब ७ बजेबाट मात्र भस्किएको सडक मर्मतको काम सुरु भएको थियो ।

तत्कालका लागि एकतर्फी बाटो सञ्चालन गरी सवारीलाई गन्तव्यतर्फ पठाउने र ट्राफिक व्यवस्थापन भएपछि थप मर्मतका काम निर्माण कम्पनीले जारी राख्ने इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए ।

दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको