१६ चैत्र २०८२, सोमबार | March 30, 2026

गणतन्त्रको सुदृढीकरणका लागि राजनीतिक नेतृत्व सच्चिनुपर्छ : चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनुपर्नेमा जोड दिएका छन् ।

गणतन्त्र दिवस-२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा केसीले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए । अध्यक्ष केसीले भने, “त्यसका लागि नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताको समेत गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।”

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनको दिशामा जानबाट रोक्न परिवर्तन पक्षधर नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले भने, “प्रतिगमन वा राजतन्त्रको पुनःस्थापना जस्तो प्रयत्नलाई पराजित गर्न सङ्घर्षलाई अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।”

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इसारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याए ।

वामपन्थी नेता नवराज सुवेदीले सत्ता र बाहिर रहेका दलहरुबीचको गहिरो खाडललाई साँघु¥याउँदै लैजानुपर्ने बताए । विश्लेषक झलक सुवेदीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रगतिशील भए पनि शासकीय भूमिकामा रहेका व्यक्तिको शैली र कार्यपद्धतिका कारण मुलुकले आशातित सफलता पाउन नसकेको जिकिर गरे ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  ६ : १५ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन