११ चैत्र २०८२, बुधबार | March 25, 2026

पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण



पर्वत । जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गरेका छन् । उनले सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गरेका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गरेका थिए । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उनले बताए ।

“आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भने । आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उनले जानकारी दिए ।

हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताए । हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उनले बताए ।

म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहेका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताए । उनले हिमाल आरोहणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय उल्लेख गरे । उनले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  १० : १४ बजे

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

उद्योग वाणिज्य महासङ्घमा चुनावी सरगर्मी, दुई प्यानलबाट आंशिक उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभा तथा

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह