४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाकिस्तानले मनायो कृतज्ञता दिवस



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले कृतज्ञता दिवस (यौम-ए-तशक्कुर) मनाएको छ ।

दिवसको अवसरमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले एक सम्मानजनक समारोहबीच राष्ट्रिय झन्डा फहराएका छन् ।

उनीहरूले पाकिस्तानका सशस्त्र सेनाले प्रस्तुत गरेको दृढता, सहास र प्रतिद्धताको सम्मानस्वरुप सहिदहरुप्रति सम्मान अर्पण गरे । यसैगरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै पाकिस्तानमा शान्ति, समृद्धि र प्रगतिका लागि पनि विशेष प्रार्थना गरे ।

त्यसअवसरमा राजदूत हाश्मीले हालैको भारतीय आक्रमण विरुद्ध पाकिस्तानका जनताको अटल विश्वास, एकता र दृढ संकल्पका लागि सशस्त्र सेनाहरूको साहसिक भूमिकालाई सम्मानपूर्वक स्मरण गरेको बताए । विज्ञप्तिमा जनाइएअनुसार उनले भविष्यमा कुनै पनि प्रकारको आक्रमणको सामना गर्न र सार्वभौमसत्ताको रक्षा गर्ने संकल्प गरे । राजदूत हाश्मीले नेपाल लगायत पाकिस्तानका मित्रराष्ट्रहरूको समर्थन र क्षेत्रीय शान्ति तथा स्थायित्वमा अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाप्रति आभार प्रकट गरे ।

कार्यक्रममा राजदूतावासका अधिकारीहरू, नेपालमा बसोबार गर्ने पाकिस्तानी समुदाय, तिनका परिवारका सदस्यहरू तथा शुभचिन्तकहरुको उपस्थिति रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ८ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको