२२ भदौ २०८३, सोमबार | September 7, 2026

पाकिस्तानले मनायो कृतज्ञता दिवस



काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले कृतज्ञता दिवस (यौम-ए-तशक्कुर) मनाएको छ ।

दिवसको अवसरमा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले एक सम्मानजनक समारोहबीच राष्ट्रिय झन्डा फहराएका छन् ।

उनीहरूले पाकिस्तानका सशस्त्र सेनाले प्रस्तुत गरेको दृढता, सहास र प्रतिद्धताको सम्मानस्वरुप सहिदहरुप्रति सम्मान अर्पण गरे । यसैगरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै पाकिस्तानमा शान्ति, समृद्धि र प्रगतिका लागि पनि विशेष प्रार्थना गरे ।

त्यसअवसरमा राजदूत हाश्मीले हालैको भारतीय आक्रमण विरुद्ध पाकिस्तानका जनताको अटल विश्वास, एकता र दृढ संकल्पका लागि सशस्त्र सेनाहरूको साहसिक भूमिकालाई सम्मानपूर्वक स्मरण गरेको बताए । विज्ञप्तिमा जनाइएअनुसार उनले भविष्यमा कुनै पनि प्रकारको आक्रमणको सामना गर्न र सार्वभौमसत्ताको रक्षा गर्ने संकल्प गरे । राजदूत हाश्मीले नेपाल लगायत पाकिस्तानका मित्रराष्ट्रहरूको समर्थन र क्षेत्रीय शान्ति तथा स्थायित्वमा अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाप्रति आभार प्रकट गरे ।

कार्यक्रममा राजदूतावासका अधिकारीहरू, नेपालमा बसोबार गर्ने पाकिस्तानी समुदाय, तिनका परिवारका सदस्यहरू तथा शुभचिन्तकहरुको उपस्थिति रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ८ : ३० बजे

अवतरणका क्रममा अमेजन एयरको विमान दुर्घटनाग्रस्त, पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो

बार्सिलोनाको विजयी यात्रा कायमै, भ्यालेन्सियामाथि ५-० को शानदार जित

काठमाडौं । बार्सिलोनाले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार