३ भदौ २०८३, बुधबार | August 19, 2026

प्रथम नेपालगन्ज नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

राष्ट्रिय प्रतियोगितामा बाँकेलाई पहिलो पदक दिलाउने डा. सुरज प्रसाद श्रेष्ठलाई सम्मान



नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत १५ वर्ष मुनीका ब्वाईज सिङल तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन।

शनिवार सम्पन्न फाईनलमा यु-१५ तर्फ आर्यनले संस्कार केसीलाई २१-१६, १६-२१ र २१-१६ ले पराजित गर्दै च्याम्पियन भए। केसीले दोस्रो स्थान मै चित्त बुझाए। अभय राजबंशी र सुयोग्य श्रेष्ठ तृतीय भए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद सहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्यन राना उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै आर्यन बुढा उदयमान खेलाडी बाट पुरस्कृत भए।

त्यसैगरी मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडीले अर्जुन बुढामगर र बिरेन्द्र श्रीषको जोडीलाई २१-१९, १७-२१ र २१-१९ ले पराजित गर्दै प्रथम हुन सफल भए। श्रीष र बुढामगर दोस्रो स्थानमा रहे भने दिपक शाही र दिपक बनको जोडी तथा राजेश साउद र चन्द्र कलेलको जोडी तृतीय भए।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी एवम नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, अध्यक्ष निजामुद्दिन सिद्दीकी, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितीका प्रमुख महेश चन्द, नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्षद्वय निरज गौतम, झलक गैरे लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा बाँके जिल्लालाई राष्ट्रिय प्रतियोगितामा पहिलो पदक दिलाउने डा. सुरज प्रसाद श्रेष्ठलाई दोसल्ला, टोपी लगाएर कदरपत्रले सम्मानित गरिएको थियो। श्रेष्ठले बि.स. २०२३ जनकपुरमा सम्पन्न राष्ट्रिय प्रतियोगिताको हाईजम्प ईभेन्टमा बाँके जिल्लालाई कांस्य पदक दिलाएका थिए।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगन्ज रंगशालामास्थित कबर्ड हलमा आयोजित प्रतियोगितामा ब्वाईज १५ वर्ष मुनीको ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १० : २३ बजे

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत

मजपोक-नेटा-अर्मन-किमचौर-ताराखोला सडक : स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी । यहाँको मंगला गाउँपालिका-५ को पोक-नेटा-अर्मन-किमचौर हुँदै बागलुङको ताराखोला

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

भोजपुर । भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको