५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

तीनकुने हिंसात्मक घटनामा ६१ जना विरुद्ध मुद्दा



काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउन अदालतमा मुद्दा लगेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न लागेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र एवं महामन्त्री धवल शमशेर जवरा, दुर्गा प्रसाईं लगायत ६१ जना विरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । यस्तै ४ जना नावालक विरुद्ध सोमबार बाल अदालतमा मुद्दा दर्ता हुनेभएको छ ।

मिश्र र शमशेर विरुद्ध राजद्रोहमा मुद्दा दर्ता हुने भएको छ । प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुनेभएको छ । ६१ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको र ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुन लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिललाई १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : ०२ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही