२० माघ २०८२, मंगलबार | February 4, 2026

तीनकुने हिंसात्मक घटनामा ६१ जना विरुद्ध मुद्दा



काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध मुद्दा चलाउन अदालतमा मुद्दा लगेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न लागेको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र एवं महामन्त्री धवल शमशेर जवरा, दुर्गा प्रसाईं लगायत ६१ जना विरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । यस्तै ४ जना नावालक विरुद्ध सोमबार बाल अदालतमा मुद्दा दर्ता हुनेभएको छ ।

मिश्र र शमशेर विरुद्ध राजद्रोहमा मुद्दा दर्ता हुने भएको छ । प्रसाईंसहित आठ जनाविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुनेभएको छ । ६१ जनामध्ये ५० जनाविरूद्ध राजद्रोहको र ११ जनाविरूद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता हुन लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिललाई १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ५ : ०२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको