२२ भदौ २०८३, सोमबार | September 7, 2026

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन



नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा बाँकेका फरक फकर स्थानमा दीप प्रज्वलन गरि मृतकहरु प्रति श्रद्धान्जली अर्पण गरिएको छ । घटनाको १३ औं दिन पारेर बिभिन्न दल तथा संघ संस्थाहरुले मृत आत्मा चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेले कारकाँदो चोकमा दीप प्रज्वलन सहित शोकसभाको आयोजना गरेको छ भने नेपाली कम्युनिष्ट पार्टी बाँकेले सहिद सेतु विक गेट खजुरामा दीप प्रज्वलन सहित शोकसभा गरेको छ । त्यसैगरि नेपालगन्ज उद्योग वाणिज्य संघले संघको कार्यालय परिषरमा दीप प्रज्वलन गरेर मृतकहरु प्रति श्रद्धान्जली अर्पण गरेको छ ।

कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए । कार्यक्रममा बेपत्ता भइरहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जिवी ओलीले बताए ।

बाढीले नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो । गत भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार २०ः०० बजे सम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ ।

बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको थियो । पर्यटन विभागका अनुसार उक्त घटनामा परेर हाल ३४ देशका ५८७ विदेशी नागरिक बेपत्ता भएका छन् । बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ८ : ३५ बजे

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर