२५ आश्विन २०८३, आइतबार | October 11, 2026

कांग्रेस-एमालेका शीर्ष नेताको बैठक बालुवाटारमा, गृहमन्त्री लेखक पनि सहभागी



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता बालुवाटार पुगेका छन् । च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेता जुटेका हुन ।

यो बैठकमा भिजिट भिसा प्रकरणमा आफूले खटाएका कर्मचारी र सचिवालयकै सदस्यसमेत मुछिएपछि विवादमा परेका गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आसन एकै ठाउँ राखिएको छ । बैठकमा प्रधानमन्त्री, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

उता कांग्रेसबाट सभापति देउवा, गृहमन्त्री लेखक, उपसभापति पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पनि सहभागी छिन् । कृषिमन्त्री रामनाथ अधिकारी पनि बैठकमा छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बैठकमा देखिएका छैनन् ।

पछिल्लो समय मन्त्री लेखक भिजिट भिसा सेटिङमा मुछिँदा सरकारलाई घेराबन्दी भइरहेको छ । लेखकको राजीनामा मागिएको छ तर उनले कर्मचारीबाट बदमासी हुँदैमा राजीनामा नदिने अडान लिएका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ६ : १७ बजे

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५, गलौँदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक । दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत