६ श्रावण २०८३, बुधबार | July 23, 2026

आईपीएल : कोलकाता माथि हैदरावादको सानदार जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ११० रनको फराकिलो अन्तरले हराएको छ । सनराइजर्सले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता ८ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६८ रनमा सीमित भएको हो ।

हैदरावादलाई शानदार जित दिलाउने क्रममा हेनरिक क्लासेनले अविजित रहँदै ३९ बलमा १०५ रनको विस्फोटक शतकीय पारी खेले । उनले ३७ बलमा शतक पुरा गरेका थिए । यो आईपीएलमा तेस्रो छिटो शतक हो ।

केलकाताका लागि मनिस पाण्डेले २३ बलमा ३७ तथा हर्षित रानाले २१ बलमा ३४ रन प्रहार गरे । सुनिल नारायणले १६ बलमा ३४ रन जोडे । हैदरावादका जयदेव उन्नाकदले चार ओभरमा २४ रन खर्चेर तीन, एसन मालिङ्गाले ३.४ ओभरमा ३१ रन खर्चेर तीन तथा हर्स दुबेले चार ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा २७८ रन जोडेको हो । क्लासेनका संगै ट्रेभिस हेडले ४० बलमा ७६ तथा अभिषेक शर्माले १६ बलमा ३२ रन जोडे । अङ्कित वर्माले अविजित रहँदै ६ बलमा १२ रन प्रहार गरे । भने इशान किसनले २० बलमा २९ रन जोडे ।

यो स्कोर आईपीएल इतिहासमा तेस्रो ठुलो स्कोर हो । गत सिजन हैदरावादले नै बंगलोरुविरुद्ध पाँच विकेटको क्षतिमा २८७ रन बनाएको थियो । यसै सिजनको सुरुवातमा हैदरावादले नै राजस्थान रोयल्ससँगको खेलमा ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो ।

जितपछि हैदरावादले १३ अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ । हैदरावाद छैटौँ स्थानमा रहेको छ भने केलकाता १२ अङ्क सहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ०६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क