नेपालगन्ज । बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र कैद सजाय पाएर फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१ वाटरपार्ककी ४२ वर्षीया शान्ति तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार बाँके जिल्ला अदालतबाट २०८१ पुस १७ गते शान्तिलाई बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र १५ दिन कैद सजाय सुनाएकोमा फैसला आएदेखि उनी फरार रहेकी थिइन् ।
फैसला पश्चात् फरार रहँदै आएकी शान्तिलाई आज साँझ साढे ७ बजे घरमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पतालीलले जानकारी दिए ।
पक्राउ परेकी शान्तिलाई भोलि नै आबश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत पेश गरिने डीएसपी पतालीले बताए ।


















प्रतिक्रिया