३ पुस २०८२, बिहिबार | December 19, 2025

‘जन्ते बाख्रो’ खुवाउने मौलिक चलचित्रको श्रव्यदृश्य सार्वजनिक



काठमाडौं । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक चलचित्रमार्फत हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ । यसै सन्दर्भमा ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित चलिचित्र निर्माण भएको छ ।

निर्देशक सिमोश सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई ‘जन्ते बाख्रो’ चलचित्र तयार गरेका हुन । उक्त चलचित्रको श्रव्यदृश्य ९ट्रेलर० सार्वजनिक गर्दै विवाहमा बेहुलाका तर्फबाट जन्ती गएका पाहुनालाई बेहुली पक्षले बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कारलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक सुनुवारले स्पष्ट पारे ।

“भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने यो मौलिक परम्परा अहिले गाउँघरबाट हराउँदै गएको छ । लोप हुन लागेको यही सुन्दर र जीवन्त परम्परालाई ‘जन्ते बाख्रो’मार्फत दृश्यमा दस्तावेजीकरण गर्ने उद्देश्यसहित चलचित्र तयार पारेको छु । ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर चलचित्रको विषयवस्तु अगाडि बढेको छ । यसमा अन्य चलचित्र झैँ दर्शकले प्रशस्तै मनोरञ्जन प्राप्त गर्नुहुने विश्वास लिएको छु ।”

चलचित्रमा नेपाली ग्रामीण जीवनशैली र परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले हाम्रा नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुने उनले बताए ।

सो चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारले अभिनय गरेका छन ।

लेखक प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेको उक्त चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन । लेखक भारद्वाजले नेपाली चलचित्रमा मनोरञ्जनसँगै संस्कृति र परम्परालाई जोड्ने माध्यम चलचित्र ‘जन्ते बाख्रो’ बनेको बताए । “हामीले चलचित्रमार्फत आफ्नो कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउनु पर्छ । सोही कारण मैले ती तथ्यलाई समेटेर चलचित्रका लागि कथावस्तु तयार गर्ने प्रयास गरेको छु । यो हामी चलचित्रकर्मीको कर्तव्य पनि हो”, लेखक भारद्वाजले भने ।

उनले श्रव्यदृश्य (ट्रेलर) अगाडि सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाउनुभएको जानकारी दिए । काठमाडौं उपत्यकाको काठ क्षेत्रसहित आसपासका गाउँवस्तीमा छायाङ्कन गरिएको सो चलचित्र आगामी जेठ २३ गतेदेखि प्रदर्शन हुने बताइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ६ : ०६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको