१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

नेपालमा भित्रियो कोरोना भाइरसको नयाँ लहर, धुलिखेल र काठमाडौंमा भेटिए सातजना संक्रमित



काठमाडौं । पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् ।

तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक चन्द्रबल झाका अनुसार कोरोना संक्रमण देखिएका सबैको विदेश भ्रमणको हिस्ट्री छैन । उनका अनुसार सबै संक्रमित डिस्चार्ज भएर घर गइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको उनले बताए । तर थोरै मात्रामा पनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उनले बताए ‘बिरामीहरूलाई निगरानीमै राखेका छौं । सीमा नाका तथा हवाई नाकामा हेल्थडेस्क राखिएको छ’, उनले भने ।

सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको उनले जानकारी दिए । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

‘तत्काल महामारी नै फैलिने गरी बढ्ने सम्भावना त छैन । तर मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने, लगायत आवश्यक सतर्कता अपनाउन जरुरी छ’, उनले भने ।

अहिले भारत लगायत देशहरूमा देखिएको नयाँ भेरियन्ट सामान्य रहेको रिपोर्ट डब्लुएचओले पठाएको छ । ‘हाम्रोमा भेरियण्ट जाँच गर्न कम्तिमा ३०-४० वटा केश आए फ्रिक्वाइन्सी गर्ने भन्ने कुरा थियो । तर अहिले जनमानसमा त्रास फैलिएकाले थोरै केश भए पनि फ्रिक्वाइन्सी गर्ने विषयमा छलफल भइरहेको छ’, झाले भने ।

अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सर्ताकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ६ : २५ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका