१७ भदौ २०८३, बुधबार | September 2, 2026

रक्तदान गरेर बाँके कांग्रेसले गणतन्त्र दिवस मनाउने



नेपालगन्ज । बाँके कांग्रेसले रक्तदान गरेर गणतन्त्र दिवस २०८२ मनाउने भएको छ । गणतन्त्र दिवसलाई बिहिवार मानवीय कार्यक्रम रक्तदान गरेर मनाउने निर्णय गरेको बाँके कांग्रेसले जनाएको छ ।

पार्टी सभापति नारायाण गौडेलका अनुसार, पर्सि बिहिवार नेपाली काँग्रेसले रक्तदानका लागि पार्टीका कार्यकर्तालाई आव्हान गरेको छ । उक्त दिन नेपालगन्जको भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा सभापति गौडेलसहित पार्टीका अन्य नेता कार्यकर्ताहरुले रक्तदान गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलनमा सहभागि हुन काँग्रेस महामन्त्री थापा नेपालगन्ज आउँदै
यही जेठ २० गते नेपालगन्जमा हुने नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथि वक्ताका रुपमा सहभागि हुन नेपाली काँग्रेसका महामन्त्री गगन थापा आउने भएका छन् । सम्मेलनको उदघाटनसत्रलाई महामन्त्री थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए ।

सम्मेलनमा महामन्त्री थापासंगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेतागणहरु पनि सहभागि हुने बताइएको छ ।

क्षेत्रीय सभापति गुप्ताका अनुसार क्षेत्रीय सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनको बन्दसत्रमा ४७० जना प्रतिनिधिको सहभागिता रहने छ भने उद्घाटन सत्रमा करिब एक हजार बढीको सहभाािगता हुने कांग्रेस बाँकेले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ९ : ४६ बजे

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर

घट्न सकेन किशोरी आमा बन्नेक्रम

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय