काठमाडौं । बिहान ११ बजे बस्ने भनिएको संसद बैठक बस्न नसकिरहेका बेला संसद भवनमै विपक्षी दलहरुको बैठक बसेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूको बैठक बसेको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले हिजोदेखि संसद अवरुद्ध बनाउँदै आएका छन् ।
बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलहरू सहभागी छन् । तर राप्रपा भने सहभागी भएको छैन् ।



















प्रतिक्रिया