काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन् ।
संसद भवनमा बैठक बसेका विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । बैठककै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए । ओलीले सदन संचालनको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले गृहमन्त्रीलाई राजीनमा गराएर संदनमा जवाफ दिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । यद्यपि राप्रपालाई बैठकमा उपस्थित भएन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गरेर हिजो मंगलबारको संसद बैठक अवरुद्ध बनाएका थिए ।



















प्रतिक्रिया