२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको वार्षिक कार्ययोजना बैठक सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको वार्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ । बैठकमा सुझाब प्रस्तुत गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले युवा उद्यमीहरूलाई अझ सशक्त र संगठित भएर अगाडि बढ्न आग्रह गरे ।

कार्योजनामा तय भएका गतिविधिहरुलाई सम्पन्न गर्नका लागि सक्रिय भएर लाग्न आग्रह गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनले मात्रै संस्थालाई थप अघि बढाउन सकिने उल्लेख गरे ।

बैठकमा अध्यक्ष राजन कसजुले आगामी वर्षका कार्यक्रम र गतिविधिहरू समेटिएको रणनीतिक पात्रो प्रस्तुत गरे गरेका थिए । उक्त पात्रो अनुसार संस्थालाई अघि बढाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निभाउनुपर्ने उल्लेख गरे । बैठकले आगामी वर्षलाई लक्षित गर्दै युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनमा आधारित परियोजना, नेटवर्क विस्तार र नीति निर्मातासँग सहकार्य बढाउने निर्णय गरेको छ ।

बैठकमा शिवसुन्दर पोखरेलले मञ्चको विधान प्रस्तुत गरे भने शिक्षण सेग्मेन्टमा विकाश पाण्डेले उद्यमशीलता सम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए ।

यसैगरी सुरज उप्रेतीले विकास र बिस्तार सम्बन्धी योजनाहरू प्रस्तुत गर्दै क्षेत्रीय उद्यममा युवाको भूमिकाबारे प्रकाश पारे भने मञ्चको हालको वित्तीय अवस्था बारे जानकारी दिँदै पारदर्शी वित्तीय प्रवाह र स्रोत परिचालनमा ध्यान केन्द्रित गर्ने बताए । अभिषेक पाठकले सदस्यता अद्यावधिक प्रस्तुत गर्दै सदस्य विस्तार अभियानबारे जानकारी दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : ०९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल