२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको वार्षिक कार्ययोजना बैठक सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको वार्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ । बैठकमा सुझाब प्रस्तुत गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले युवा उद्यमीहरूलाई अझ सशक्त र संगठित भएर अगाडि बढ्न आग्रह गरे ।

कार्योजनामा तय भएका गतिविधिहरुलाई सम्पन्न गर्नका लागि सक्रिय भएर लाग्न आग्रह गर्दै उनले यसको प्रभावकारी कार्यान्वयनले मात्रै संस्थालाई थप अघि बढाउन सकिने उल्लेख गरे ।

बैठकमा अध्यक्ष राजन कसजुले आगामी वर्षका कार्यक्रम र गतिविधिहरू समेटिएको रणनीतिक पात्रो प्रस्तुत गरे गरेका थिए । उक्त पात्रो अनुसार संस्थालाई अघि बढाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निभाउनुपर्ने उल्लेख गरे । बैठकले आगामी वर्षलाई लक्षित गर्दै युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनमा आधारित परियोजना, नेटवर्क विस्तार र नीति निर्मातासँग सहकार्य बढाउने निर्णय गरेको छ ।

बैठकमा शिवसुन्दर पोखरेलले मञ्चको विधान प्रस्तुत गरे भने शिक्षण सेग्मेन्टमा विकाश पाण्डेले उद्यमशीलता सम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका थिए ।

यसैगरी सुरज उप्रेतीले विकास र बिस्तार सम्बन्धी योजनाहरू प्रस्तुत गर्दै क्षेत्रीय उद्यममा युवाको भूमिकाबारे प्रकाश पारे भने मञ्चको हालको वित्तीय अवस्था बारे जानकारी दिँदै पारदर्शी वित्तीय प्रवाह र स्रोत परिचालनमा ध्यान केन्द्रित गर्ने बताए । अभिषेक पाठकले सदस्यता अद्यावधिक प्रस्तुत गर्दै सदस्य विस्तार अभियानबारे जानकारी दिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : ०९ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका