१८ माघ २०८२, आइतबार | February 1, 2026

पूर्व मुख्यमन्त्री गिरीद्वारा तिलोत्तमाको तपाह लाइनमा निर्माणधिन सडकको स्थलगत निरीक्षण



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगत योगीकुटीदेखि तपाह लाइन हुँदै बुद्ध सर्किटमा जोडिने निर्माणाधिन सडकको पूर्व मुख्यमन्त्री तथा एमाले नेता लिला गिरीले बुधबार विहान स्थलगत निरीक्षण गरेका छन् । सडक निर्माणमा भएको प्रगति बारे जानकारी लिँदै उनले गुणस्तरीय निर्माणको लागि आग्रह गरे ।

योगीकुटी चोकदेखि वडा नम्बर २, १ र ५ हुँदै बुद्धसर्किट जोडिने सडकमा अक्सफाल पिचसहित भिसेभ नाली, सडक फुटपाथ र रेलिङको काम भइरहेको छ । तिलोत्तमाको आन्तरिक वाईपास सडकको रुपमा रहेको यो सडकका लागि केन्द्र र प्रदेश सरकारको लगानी रहेको छ । जस अन्तरगत उक्त सडकमा गत आर्थिक वर्षमा केन्द्रको बजेट मार्फत ४७० मिटर सडक फुटपाथ, भिसेप नाली र अक्सफाल पिच भएको थियो भने चालू आवमा केन्द्रको बजेटबाट तपाह लाइन सडक खण्ड अन्तरगत पहिलो प्याकेजमा २९५ मिटर र दोस्रो प्याकेजमा १२४ मिटर सडक फुटपाथ, भिसेप नाला र अक्सफाल पिच गर्ने काम पनि सम्पन्न भएको छ ।

चालु आवमा अर्काे प्याकेज अन्तरगत ३८० मिटर फुटपाथ, भिसेप नाली र अक्सफाल पिचको काम जारी रहेको सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनीयर सरोज आचार्यले जानकारी दिए । अर्काे २ वटा प्याकेज अन्तरगत ८६० मिटर आरसिसी नाली, फुटपाथ र डबल लेन सडक अक्सफाल गर्ने काम पनि जारी रहेको उनले जानकारी दिए । त्यस्तै गरि प्रदेश सरकार मार्फत समेत बुद्वपथ सर्किटदेखि उत्तरतर्फ सडक निर्माणको काम भईरहेको छ ।

सडक निर्माणको स्थलगत निरीक्षणमा पुगेका पूर्व मुख्यमन्त्री गिरीले तिलोत्तमामा बस्ती बढ्दै जाँदा कनेक्टीभिडीलाई पनि जोड्न सडक सञ्जाललाई बिस्तार गर्ने अभियान अघि बढाइएको बताए । बुटवलको सिन्दुर होटलदेखि तिलोत्तमाको योगीकुटी, तपाहलाइन, शारदा स्कूल तथा पश्चिममा सेमलारसम्म आन्तरिक सडकलाई बुद्ध परिपथको रुपमा निर्माण गरी सौन्दर्यकरण गर्ने योजनाकासाथ काम भइरहेको उल्लेख गरे । सडक निर्माणको अवस्था बारे अवलोकन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरका इन्चार्ज गोपाल रानाले गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : २९ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन