६ असार २०८२, शुक्रबार | June 20, 2025

प्रहरी हुँ भन्दै ठग्दै हिँड्ने नक्कली डीएसपी र इन्स्पेक्टर पक्राउ



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक-२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका(५ बाट मंगलबार पक्राउ गरेको हो।

मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटार बस्दै आएका थापाले सिआइबीको डिएसपी भन्दै जबरजस्ती करणीको मुद्दा मिलाइदिने बहानामा एक जनाबाट ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए।

उनलाई जिल्ला अदालत ललितपुरबाट सात दिन थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ। थापा २०७५ सालमा समेत ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका थिए।

यस्तै, सिआइडी प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकवानपुर थाहा नगरपालिका-७ का ३४ वर्षीय रामकुमार सापकोटा र बाजुरा बुढिनन्दा नगरपालिका-३ का २८ वर्षीय ओब्जन चदारालाई कीर्तिपुर ट्यांलाफाँटबाट मंगलबार पक्राउ गरेको हो।

उनीहरूले वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयोजनमा ३० लाख ठगी भएका व्यक्तिको पैसा उठाइदिने भन्दै ४ लाख ५० हजार ठगी गरेको उक्त कार्यालयले जनाएको छ। दुबैलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ९ : ५२ बजे

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२

जसपाको संघीय परिषद् बैठक आजबाट

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको