२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कृषि परियोजनामार्फत गाउँलाई आर्थिक समृद्ध बनाउँदै रुरु



गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।

महिला तथा युवालाई सहभागी गराउँदै पालिकाभित्र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता र सामाजिक सशक्तिकरणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएकोे रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।

“विशेष गरी महिलालाई आत्मनिरर्भर र उद्यमी बनाउने उद्देश्यले हामीले काम गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पालिकाले तरकारी, दूध, मासु, उखु प्रवर्द्धनलगायत क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिरहेको छ ।

नवप्रभात युवा सङ्घ गुल्मीको सहजीकरणमा सञ्चालन भएको उक्त परियोजनाले पालिकाभित्र छ वटै वडाका दुई हजार १०० परिवारलाई ७२ वटा समूहमा आवद्ध गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘रुरु कृषि परियोजना’मार्फत कृषि तथा पशुपालन, घाँस, उखु, फलफूल तथा तरकारी उत्पादनमा किसानलाई समूहमा आवद्ध बनाएर सहयोग गर्दै आइएको परियोजनाका कार्यक्रम संयोजक प्रकाश चालिसेले जानकारी दिए ।

उनका अनुसार परियोजनामार्फत आठ सय २५ जना महिला तथा युवालाई ३३ वटा समूहमा आवद्ध गराई उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि मागमा आधारित कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् । “विभिन्न समूह र सहकारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै विभिन्न समूहमार्फत बाख्रा तथा बोका वितरण, खोर निर्माण, गाईपालन, भकारो सुधारलगायत काम गरिएको छ”, उनले भने ।

दूधडेरी सञ्चालन, फलफूल तथा तरकारी, घाँस, उखु तथा अकबरे खुर्सानीलगायत कृषिउपज उत्पादन गरी किसानको आयआर्जन वृद्धिमा जोड दिइएको छ । ‘रुरु कृषि परियोजना’ सञ्चालन भएपछि पछिल्लो समय स्थानीयको दैनिकीमा सुधार हुँदै गएको छ । आफूसँग जग्गा नहुनेले पनि जग्गा भाडामा लिएर कृषिजन्य उपज उत्पादन गरी बिक्री गर्न थालेका छन् । यसबाट घरखर्च चलाउन र परिवार पाल्न अरुको भर पर्नुनपरेको स्थानीय बताउँछन् ।

“परियोजना सञ्चालन भएपछि आर्थिक सहयोग हुनुका साथै दैनिकी सहज बन्दै गएको छ, आफूले मेहनत गरेपछि कसैसँग माग्नु पनि पर्दैन, सजिलै खर्चपानी चलेको छ, बिक्री हुँदैन कि भन्ने चिन्ता पनि छैन”, स्थानीय सीता मुखियाले भनिन् ।

परियोजनामार्फत अहिले अकबरे खुर्सानीखेती र उखु उत्पादनका लागि क्षेत्र विस्तार गर्दै रुरु क्षेत्रलाई उखु र खुर्सानीको पकेट क्षेत्र बनाउने योजना अघि बढेको कार्यक्रम संयोजक चालिसेले जानकारी दिए । यसबाट गाउँमा प्रत्यक्षरअप्रत्यक्ष रूपमा रोजगार सृजना हुनुका साथै स्थानीयको सीप विकास भइरहेको उनले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमले ग्रामीण कृषिलाई आधुनिक प्रविधि, सीप र सहकार्यको माध्यमबाट उत्पादनमुखी र आम्दानीमुखी बनाउँदै रुरु क्षेत्रलाई आर्थिक समृृद्धिको यात्रामा अघि बढाउने परियोजना साझेदार संस्थाका कार्यकारी निर्देशक धातानन्द भुसालले बताए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १० : १७ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख