२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा



गुल्मी । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । वडा नम्बर ३ मा रहेको थानापति स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरेसँगै रुरुक्षेत्रका छ वटै वडाका नागरिकको पहुँचमा ल्याब सेवा पुगेको हो ।

ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक÷एक ल्याब टेक्निसियनको दरबन्दी थप गरिएको छ । ल्याब सेवा सुरू भएपछि स्थानीयलाई रगत, पिसाब, हर्मोन लगायतका रोगको परीक्षण गर्न रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसैगरी गर्भवतीलगायत अन्य बिरामीको रगत परीक्षण, रगत ग्रुपको पहिचान लगायतका सेवामा सहज भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य चौकीबाट यसभन्दा पहिले खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधिको उपलब्धता लगायतका सेवा प्रदान हुदैँ आएको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा रुरुक्षेत्र अब्बल बन्दै गएको छ । “पालिकाभित्रका सबै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य हो”, अध्यक्ष ज्ञवालीले भने, “निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ ।” उनले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भएको पनि बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : ४७ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा