६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रूरू गाउँपालिकामा रगत नि:शुल्क, रक्तसंचार सेवा केन्द्र बुटवलसंग सम्झौतापत्रमा हस्ताक्षर



बुटवल । रुरु गाउँपालिकाका बासिन्दाले निशुल्क रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवल र रुरु क्षेत्र गाउपालिका बिच निशुल्क रगत उपलब्ध गर्ने गरि सोमबार बुटवलमा सम्झौता भए संगै त्यहाँका बासिन्दाले निशुल्क रगत पाउने भएका हुन ।

रुरु क्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली र स्वास्थ्य शाखा अधिकृत छत्र बहादुर अधिकारी र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपाने, सदस्य सचिव राधा ज्ञवालीका बिचमा सम्झौता पत्रमा हस्तान्तरण भएको छ ।

रुरु क्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुका बासिन्दाहरुका लागि बुटवल सवैभन्दा पायक पर्ने भएकाले निशुल्क रगतका लागि रक्त सञ्चारकेन्द्र संग सम्झौता गरेको बताए ।

‘त्यहाँबाट उपचारका लागि आउने कि पाल्पाको मिसन र प्रभासमा जानुहुन्छ तर धेरै बुटवलमै आउनेभएकाले यहाँ सम्झौता गरिएको हो’ उनले भने ।

उनले निशुल्क रगत सम्झौता पछि धेरै जनाले लाभ लिने बताए ।

रुपन्देही शाखाका सभापति दिपक क्षेत्री न्यौपानेले निरन्तर रगतको अभाव आउने गरेको बताए । ३५ हजार युनिट वितरण गरेको भन्दै उनले यो प्रत्येक वर्ष रगतको माग बढ्दो रहेको बताए ।

पालिकाको परिचयपत्रको आधारमा निशुल्क रगत उपलब्ध गराउदै आएको उनले बताए । रगत ब्यवस्थापन चुनौतीको विषय भएको उनले बताए । यता लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीलाई निशुल्क रगत घोषणा गरेको छ जसले गर्दा सरकारी अस्पतालमा सेवा लिने विरामीहरुलाई सहज भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ७ : १५ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल