९ माघ २०८२, शुक्रबार | January 23, 2026

नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न छुट



काठमाडौं । सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिनेभएको छ ।

आर्थिक वर्ष २०८२/८३को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने जानकारी गराएका हुन् । हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ ।

अर्थमन्त्रीले भने, ‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’

अर्थमन्त्री पौडेलले विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने जनाए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्नेछ ।

नेपालका उद्योगी व्यवसायीहरुले लामोसमयदेखि विदेशमा लगानी गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : १४ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी