१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा बुटवलका फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थ पुरस्कृत



बुटवल । ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेको अर्गानिक फोटोले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएको छ ।

नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेयले विशेष कार्यक्रमकाबीच काठमाडौंमा मनीषलाई प्रमाणपत्र तथा नगदसहित पुरस्कृत गरेका छन् ।

मनीष पन्थ, बुटवल क्षेत्रमा रहेर ढाई दशकदेखि फोटोग्राफी, फिल्म छायांकन, निर्देशन तथा फोटो पत्रकारितामा सक्रिय छन् । उनी लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको निवर्तमान अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघको केन्द्रीय सदस्य समेत रहेका छ्न् ।

ललितकला प्रदर्शनीमा पुरस्कृत हुँदा आफ्नो कला तथा मिहिनेतले सार्थकता पाएको र थप काम गर्न प्रेरणा मिलेको मनीषले बताए ।

ग्रामीण जीवन र कृषिकर्मसँग सम्बन्धित फोटोले बुटवल तथा काठमाडौं भएको ललितकला प्रदर्शनीमा धेरैको मन खिचेको र आफूले पुरस्कार पाउन सक्ने अड्कल काटेको मनीषले सुनाए । नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा पुरस्कृत तथा सम्मानित हुँदा प्रतिष्ठानले आफ्नो कलालाई कदर गरेको बताए । मनीष भन्छन्( प्रतिष्ठानले मलाई र मेरो फोटोलाई पुरस्कृत गरिरहँदा कृषिकर्मलाई सम्मान गरेको महसुस् गरेको छु ।

ग्रामीण भेगमा आफूले खिचेको अर्गानिक फोटोले नेपालको उन्नति र प्रगति कृषिबाटै सम्भव छ र यसलाई युग सुहाउँदो प्रविधिमैत्री बनाउन सन्देश प्रवाह गरेको उल्लेख गरे ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८२’ मा देशका ६५ जिल्लाका लोककला, शिल्प-हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् जसमा मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ६ : ५३ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै