२२ भदौ २०८३, सोमबार | September 7, 2026

पहिलो पटक निजी क्षेत्रका अधिकांश सुझाव समेटिएको भन्दै चेम्बर लुम्बिनीले गर्यो बजेटको स्वागत



बुटवल । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिदैँ नेपाल चेम्बर अफ कमर्स लुम्बिनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम, पूर्वाधार विकास, रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित रहेको भन्दै चेम्बरले खुसी ब्यक्त गरेको हो ।

चेम्वर लुम्बिनीका अध्यक्ष टंक पोखरेलद्वारा जारी स्वागत वक्तव्यमा निजी क्षेत्रले दिएका अधिकांश सुझावहरु समेटिएको बजेट पहिलो भएको उल्लेख गर्दै निराश बनेको निजी क्षेत्रलाई उत्साहित बनाएकोप्रति सरकारलाई धन्यवाद दिइएको छ । वक्तब्यमा सरकारले बजेटमार्फत निजी क्षेत्रलाई सहयात्रीको रुपमा लिएको सन्देश दिएको भन्दै आर्थिक मन्दिलाई हटाएर अर्थतन्त्र चलायमान बनाउन बजेटले भूमिका निर्वाह गर्ने अपेक्षा ब्यक्त गरिएको छ ।

बजेटले कृषि,पर्यटन,उर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिंदै विदेशी तथा स्वदेशी लगानी आकर्षणका उपायहरु अवलम्बन गरेकोले यस्ता कार्यक्रमबाट उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने अपेक्षा गरिएको अध्यक्ष पोखरेलद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

वक्तब्यमा दीर्घकालिन आर्थिक वृद्धि र स्वदेशी उत्पादन विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएपनि कार्यान्वयन हुनेमा आशंका ब्यक्त गरिएको छ । राजश्व संकलनका कतिपय योजनाहरु महत्वाकांक्षि देखिएकाले वजेट कार्यान्वयनमा चुनौती रहेको आशंका गरिएको छ ।

मूलतःयुवा लक्षित स्टार्टअप कार्यक्रम, इतिहासमा पहिलो पटक छुट्याइएको शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार लगानीको ठूलो बजेटका साथै अनुत्पादक क्षेत्रमा हुने लगानीहरुलाई निरुत्साहित गरेको प्रति वक्तब्यमार्फत खुसी ब्यक्त गरिएको छ । साना ब्यवसायीलाई लक्षित गरेर एक्जिम कोडका लागि आवश्यक पर्ने धरौटी खारेजी, दोहोरो कर खारेजी र कम्पनी दर्ता र नवीकरणमा लाग्ने महसुल हटाइएको प्रति स्वागत गरिएको छ । त्यस्तै डिजिटल सेवामा लाग्ने भ्याट हटाइएको, विद्युतीय सवारी कर नबढाइएको प्रती धन्यवाद दिइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ८ : २४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११