२२ भदौ २०८३, सोमबार | September 7, 2026

स्वदेशमै रोजगार प्रवर्द्धनका लागि युवाहरुलाई दक्षता सीप विकासमा जोड



बुटवल । व्यावसायिक दक्षता तथा सीप अभावका कारण नेपालमा ठूलो श्रम शक्ति भएर पनि विदेश पलायनको समस्या थप जटिल बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । राज्यले उपयुक्त नीति बनाउन नसक्नु र श्रम शक्तिले उचित मूल्य नपाउँदा स्वदेशी उद्योगहरुले श्रमिक नपाउने तर रोजगारकै लागि युवाहरु विदेशिने क्रम जारी रहेको उनीहरुले बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको आयोजना तथा अन्तर्राष्ट्रिय श्रमिक संगठनको सहकार्यमा शुक्रबार बुटवलमा आयोजित सार्वजनिक रोजगार सेवालाई सुदृढ पार्न निजी क्षेत्रको सहभागिता सम्बन्धी कार्यशालामा नेपाली श्रमशक्ति र रोजगारीका अवसर बारे छलफल भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख सचिव बाबुराम अधिकारीले रोजगार प्रवर्द्धन गारो विषय नभए पनि यसको व्यवस्थापनमा कमजोरीहरु भएकाले सुधार गर्दै जानुपर्नेमा जोड दिए । ‘निजी क्षेत्र र सरकारले रोजगार प्रवर्द्धनमा कहाँ चुक्यौँ, गम्भीर समीक्षा गर्न खाँचो छ ।’- प्रमुख सचिव अधिकारीले भने, ‘नीतिगत वा संरचनागत क्षेत्रमा सुधार गर्नु पर्ने कुराहरुलाई सरकारका तीनै तहमा पुर्याउने र बारम्बार घच-कच्याउने काम गर्न निजी क्षेत्रलाई आग्रह गर्न चाहान्छु ।’ निजी क्षेत्रसँग सँगै हिड्नका लागि लुम्बिनी प्रदेश सरकार सधै तयार रहेको बताउँदै उनले अब गम्भिर अनुसन्धान र अध्ययन गरी रोजगार प्रवर्द्धनमा लाग्नन आग्रह गरे ।

यसैगरी लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले वैदेशिक रोजगारको भरपर्दो विकल्प नेपालमा अझै पनि सिर्जना हुन नसकेको उल्लेख गरे । नमूना उत्पादन प्रणाली र सामाजिक रुपान्तरणको अभियान सुरु गर्नुपर्ने बताउँदै उनले युवालाई स्वदेशमै रोजगार सिर्जनाका लागि निजी क्षेत्रको भूमिका अहम रहने उल्लेख गरे । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शान्ता ढकालले रोजगार प्रवर्द्धन तथा प्रदेशको आर्थिक समृद्धिका लागि आगामी आवधिक योजना निर्माण भैरहेको उल्लेख गरिन । ‘समृद्ध प्रदेश, गतिशिल निजी क्षेत्र’-भन्ने नारासहित योजना आयोगले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नेगरी आवधिक योजना तयार पारेको बताइन् ।

विभिन्न निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी अन्तरसंवादमा रोजगार प्रवर्द्धन, श्रमिकहरुको सामाजिक सुरक्षा, निजी क्षेत्रको आवश्यकता र सरकारका भावी योजना बारे समूहगत रुपमा छलफल गरिएको थियो । छलफलमा घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष गणेश अधिकारी, अन्तर्राष्ट्रिय श्रमिक संगठनका कार्यक्रम अधिकृत बसन्त कार्की, बुटवल औद्योगिक क्षेत्रका अध्यक्ष उपेन्द्र अग्रवाल लगायतले बोल्दै सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गर्न सकेमा नेपाली उद्योगहरुले श्रमिकको अभाव झेल्नु नपर्ने र रोजगारका लागि युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको पनि अन्त्य हुने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलको अध्यक्षता तथा उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको धन्यवाद ज्ञापनसहित भएको कार्यक्रममा पत्रकार प्रदीप आचार्यले समूहगत छलफलहरुमा सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ४४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११