२४ आश्विन २०८३, शनिबार | October 11, 2026

संसद्को अवरोध हटाउने प्रयास, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल र बैठक आह्वान गरेका छन् । अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले शुक्रबार (जेठ १६) बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकसित छलफल गर्दै छन् । उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठक सिंहदरबारमा बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् । बिहीबार (जेठ १५) बजेट प्रस्तुत गर्न भने उनीहरूले बाधा गरेनन् । प्रतिनिधिसभाको अबको बैठक यही जेठ २० गते बिहान ११ बजे बस्ने तय छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १० : ०६ बजे

नेपाली मौलिक स्वाद प्रवर्द्धन गर्न तेस्रो पक्कु फेस्टिभल हुँदै

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र आतिथ्य

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित

रामलीला मञ्चनको तयारी पूरा, आइताबार रातीबाट औपचारीक मञ्चन सुरु हुने

नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने

कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति