२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रतिपक्षीको अडान – गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन, नत्र सदन चल्दैन



काठमाडौं। विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न नदिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आह्वानमा बसेको सबै दलका मुख्यसचेतक सचेतकहरुको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्रीको जवाफ र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने प्रष्ट पारेका हुन् ।

उनीहरुले संवैधानिक बाध्यताका कारण हिजो आफुहरुले बजेटका लागि संसद अवरोध नगरे पनि त्यो अब माग पुरा नभएसम्म निरन्तर अघि बढ्ने बताए ।

बैठकपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सभामुखले संसदको आगामी बैठकको क्यालेण्डर बनाउने विषयमा छलफलमा बोलाए पनि माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अघि बढाउन नदिने बताए । उनले भने, ‘यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ । करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं । बाँकी काम सरकार हो ।’

यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताए । उनले भने, ‘हिजो जिम्मेवारीबोध गरेर छाडेका हौँ । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमै छौँ । माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १ : ३७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले