१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अख्तियारमा कार्यरत डीआईजी हिमालय श्रेष्ठको सरुवा, ओमबहादुर राना पठाइए



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठलाई सरुवा गरिएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री मुछिएको आरोप लगाइरहेको र अख्तियारले नै सो प्रकरणको छानबिन गरिरहेको बेला डीआईडी श्रेष्ठको सरुवा भएको हो ।

श्रेष्ठलाई अख्तियारबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा गरिएको छ । श्रेष्ठको ठाउँमा ओमबहादुर रानालाई अख्तियार पठाइएको छ ।

प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका ११ डिआइजीहरूको सरुवा गरेको जनाएको छ ।

डीआईजी सुदर्शन कोइराला विशेष ब्युरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ। यस्तै, दीपेन्द्र जिसी क्षेत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ।

दीपक रेग्मीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय, माधव श्रेष्ठको कर्णाली प्रदेश कार्यालय सुर्खेत सरुवा भएको छ।

दिलीपसिंह देउवाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, दीपककुमार बस्नेतको प्रदेश समन्वय विभाग, जयराज सापकोटाको कार्य विभाग, सञ्जीव शर्मा दासको अपराध अनुसन्धान विभाग र सुरेन्द्र गुरुङको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ४ : ३२ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका