२० मंसिर २०८२, शनिबार | December 6, 2025

गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा



काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएल २०२५ को एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै पन्जाब संगको भेट पक्का गरेको छ । जितका लागि २२९ रनको लक्ष्य पाएको गुजरात ६ विकेटको क्षतिमा २०८ रनमा समेटियो । एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरातलाई २० रनले हराएसँगै क्वालिफायर-२ मा स्थान सुरक्षित गरेको छ । जहाँ उसले १ जुन आइतबार फाइनलका लागि पञ्जाब किङ्ससँग खेल्नेछ ।

मुम्बईले नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । रोहित शर्माले ५० बलमा ८१ रनको शानदार इनिङ खेले । उनले ९ चौका र ४ छक्का पनि हाने । रोहितबाहेक जोनी बेयरस्टोले ४७, सूर्यकुमार यादवले ३३, तिलक वर्माले २५, र कप्तान हार्दिक पाण्ड्याले अविजित २२ रन बनाएका थिए ।

जवाफी इनिङमा गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । अन्तिम क्रममा राहुल तेवतिया र शाहरुख खान क्रिजमा थिए । ट्रेन्ट बोल्टले १९ औँ ओभरको पहिलो बलमै शेर्फन रदरफोर्डलाई तिलक वर्माबाट क्याच गराए । उनले पहिलो ओभरमै कप्तान शुभमन गिललाई (१ रन) एलबीडब्लू आउट गरेका थिए ।

साई सुदर्शनलाई (८० रन) रिचर्ड ग्लीसनले क्लीन बोल्ड गरे । वाशिङ्गटन सुन्दर (४८ रन) लाई जसप्रीत बुमराहले योर्कर बलमा बोल्ड गरे । बल रोकेर बचाउने प्रयासमा सुन्दर क्रिजमै लडे । कुसल मेन्डिस (२० रन) मिचेल स्यान्टनरको ओभरमा हिट विकेट भएर आउट भए । पराजित गुजरातका प्रसिद्ध कृष्णा र साई किशोरले समान २-२ विकेट लिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ७ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले