१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अब गणतन्त्रबाट पछाडि फर्कन सम्भवै छैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको लामो सङ्घर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नु सबै पेसाकर्मीको उत्तरदायित्व भएको बताएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै ओलीले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै यसलाई अझ सुदृढ बनाउनेतर्फ सबै पक्ष लाग्नुपर्ने बताए । उनले निरङ्कुश राजतन्त्रमा विकास र सुशासनका हुन नसकेकाले नै लामो लडाईंबाट लोकतन्त्र र गणतन्त्र स्थापना गरिएको जिकिर गरे ।

“निरङ्कुश हुकुमी शासनकालमा यस्ता सङ्घसङ्गठन खुल्ने स्थिति थिएन । अहिले तपाईँहरु पेसागत र व्यावसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ ।”, विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, “यही जेठ १५ गते हामीले गणतन्त्र उत्सव मनायौँ । राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे । लोकतन्त्रमा विरोध गर्ने उनीहरुको अधिकार हो । राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो । ”

प्रधानमन्त्री ओलीले करिब दुई सय ४० वर्ष राजतन्त्रात्मक शासन व्यवस्थामा देशको अवस्था र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कालमा राष्ट्रमा भएका प्रगति र परिवर्तनका मनन गर्न आग्रह गरे। आफूविरुद्ध अशिष्टतापूर्वक अभिव्यक्ति दिनेहरुले विगतलाई बिर्सन नहुने उनको अभिमत थियो ।

गणतन्त्रको रक्षा गर्नु हरेक सचेत नागरिकको दायित्व भएको दोहो¥याउँदै प्रधानमन्त्रीले आफूले लडेर ल्याएको व्यवस्थाको रक्षार्थ एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिए । उनले भने, “प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौँ तर प्रतिगमन अब सम्भव छैन ।”

गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवालाई सरकारले प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक बिरामी नपरुन् भन्नेतर्फ आफ्नो ध्यान गएको बताए। उनले भने, “बिरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला बिरामी हुन नदिनेतर्फ लाग्नुपर्छ । सस्तो र सजिलोसँग कसरी स्तरीय उपचार दिन सकिन्छ भन्ने भावनाका साथ काम गर्न स्वाथ्यकर्मी सधै दत्तचित्त रहनुपर्छ ।”

चिकित्सा विज्ञानका कारण असाध्य रोगको पनि उपचार सम्भव भएको तथा आरोग्यतर्फ यसले मानवलाई उन्मुख गराएको वास्तविकता सुनाउँदै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग जोडिएकाले स्वास्थ्यकर्मीलाई आफ्नो राष्ट्रिय दायित्वबाट बिमुख नहुन अनुरोध गरे ।

“भगवानमा विश्वास गर्नेहरुको म चित्त दुखाउन चाहान्न तर मैले डक्टर र नर्सहरुले कठिन परिस्थितिमा पनि बिरामीलाई बचाएको देखेको छु । त्यस कारण म भन्छु, ‘डक्टरर्स आर ग्रेट’ । आज स्वास्थ्य क्षेत्रले असाधारण विकास गरेको छ । हामीले प्रतिरोधभन्दा निरोधात्मक उपायतर्फ लाग्नुर्छ । यसमा महासङ्घले सक्रिय भूमिका निर्वाह गरोस् भन्ने मेरो कामना छ”, चिकित्सक र चिकित्सा क्षेत्रको महत्ता दर्शाउँदै प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ५ : ५२ बजे

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै