२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुसमा गुडिरहेको रेलमाथि पुल खस्दा सात जनाको मृत्यु



एजेन्सी । रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किएर रेलमाथि खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । रुसको आपत्कालीन सेवाका अनुसार दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो ।

दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन् । रुसको आपत्कालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोजी गरिरहेको बताएको छ ।

रूसी रेलवेले टेलिग्राममा एक विज्ञप्तिमा यातायात प्रणालीमा अवैध हस्तक्षेपका कारण पुल भत्किएको आरोप लगाएको छ । स्थानीय गभर्नरले एक बच्चासहित दुई जना गम्भीर घाइते भएको र सबै घाइतेलाई अस्पताल पठाइएको बताए ।

मस्कोको अन्तर-क्षेत्रीय यातायात अभियोजन कार्यालयले घटनाको अनुसन्धान सुरु गरिएको बताएको छ । अधिकारीहरूले दुर्घटनाको समयमा रेल गुज्रिरहेको र पुल भत्किँदा यसको इन्जिन र केही कोच पटरीबाट खसेको बताएका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ११ : ३० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय