९ माघ २०८२, शुक्रबार | January 23, 2026

रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण



किभ । युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमान माथि लक्षित गर्दै लगातार ड्रोन आक्रमण गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने स्थानमा स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गर्दै ११७ वटा ड्रोन प्रहार भएको बताए । युक्रेनले आइतबार प्रहार गरेको यो प्रविधि निर्माण गर्न १८ महिना लागेको बताइएको छ ।

रुसले ५ क्षेत्रमा युक्रेनले आक्रमण गरेको बताउँदै यसलाई आतङ्ककारी गतिविधि भनेको छ । युक्रेनका अधिकारीले आफ्नो भूमिमा पनि लगातार आक्रमण भइरहेको जनाएको छ ।

युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो । टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनका बीचमा दोस्रो चरणको वार्ता हुने जनाइएको छ । सन् २०१४ मा नै लिएको क्रिमियासहित रुसले युक्रेनको २० प्रतिशत भू-भागमा कब्जा जमाएको छ ।

राष्ट्रपति जेलेन्सकीले आइतबारको आक्रमण पछि आफ्नो सुरक्षा संयन्त्रलाई बधाई दिँदै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गरेका छन् ।

यस अपरेसनमा सरिक सबै जना रुसबाट फर्किएको पनि जेलेन्स्कीले बताएका छन् । युक्रेनले प्रयोग गरेको सबै ड्रोनमा फरक पाइलट थिए । युक्रेनले रुसको सात अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण नास गरेको दाबी गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : ३३ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा

गगन थापाको प्रतिवद्धता – उम्मेदवारी चयन अर्को पटकदेखि सुधार गर्छौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवार छनोट प्रक्रियामा

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी सभापति

४९ उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, एकको खारेजी

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका