३ पुस २०८२, बिहिबार | December 19, 2025

एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य संयोजक पदमा थिर गुरुङको उम्मेदवारी घोषणा



अस्ट्रेलिया । दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका थिर गुरुङले एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा राज्य संयोजक पदको लागि उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि सामाजिक सेवामा सक्रिय गुरुङले आउँदो जुलाई २६ मा हुने निर्वाचनमा राज्य संयोजक पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

विगत १८ वर्षदेखि अष्ट्रेलिया बसोबास गरिरहेका गुरुङले एनआरएनएसहित विभिन्न नेपाली संघसंस्थामा सक्रिय स्वयंसेवकको रूपमा काम गर्दै आएका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले पारदर्शिता, जवाफदेहिता, र समावेशीताको मूलमन्त्रका साथ नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनी भन्छन्, “एनआरएनए कुनै व्यक्ति विशेषको संस्था होइन, यो हामी सबैको साझा घर हो।”

गुरुङको प्राथमिकतामा सामुदायिक हल स्थापनाका लागि पहल, दोस्रो पुस्ताका बालबालिकाको प्रतिभा उजागर गर्ने कार्यक्रम, विद्यार्थी सहयोग, आपतकालीन सहायता, तथा नेपाली खेलकुद र व्यवसायिक क्षेत्रसँग सहकार्यजस्ता कार्यसूची छन्। साथै, उनले एनआरएनएको गतिविधि र इतिहासलाई समेट्ने पुस्तक प्रकाशन गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।

“पद भनेको सेवाको माध्यम हो, नेतृत्व भनेको सहकार्य र विश्वास हो,” भन्दै उनले सबैलाई एकताबद्ध भएर नेपाली समुदायको हितका लागि काम गर्न आह्वान गरेका छन्।  गुरुङले दक्षिण अष्ट्रेलियावासी सबै नेपालीहरूको साथ, समर्थन र विश्वासको अपेक्षा राखेका छन्।

गुरुङ हाल एनआरएनए अस्ट्रेलियाका वर्तमान कार्यसमितिका सचिव समेत हुन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ८ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको